विजय लघुवित्तको मुनाफामा १४९ प्रतिशतको छलाङ, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 07:49:34 AM मा प्रकाशित

laxmi  sunrise bank

विजय Vijaya Laghubitta Bittiya Sanstha Limited ले गत आर्थिक बर्षमा ६ करोड २३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले २ करोड ४९ लाख ३६ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा १४९.८८ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ३१ लाख ४५ हजार मात्र रहेको जगेडा कोषमा गत आर्थिक वर्षको अन्त्यमा आउँदा २६९.२२ प्रतिशतले वृद्धि भई ८ करोड ५४ लाख ५६ हजार भएको छ । 

लघुवित्तले उक्त अवधिमा ५९ करोड ३३ लाख ९७ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ३० करोड ८२ लाख ९० हजार निक्षेप संकलन गरेको लघुवित्तले ९२.४८ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २१ करोड २९ लाख १० हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने २ अर्ब ९३ करोड ७३ लाख ९० हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा १ अर्ब ४७ करोड ९६ लाख ८३ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

¬¬लघुवित्तले उक्त अवधिमा ३७ करोड ५७ लाख २९ हजार व्याजबाट आम्दानी गरेको छ भने २१ करोड १६ लाख ५४ हजार व्याज भुक्तानी गरेको लघुवित्तले खुद व्याज आम्दानी ६४.२९ प्रतिशतले वृद्धि गर्दै १६ करोड ४० लाख ७५ हजार पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ९ करोड ९८ लाख ६५ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.७५ प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात २५.२९ गुणा, पुँजी पर्याप्तता अनुपात ९.५२ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३०.८३ रुपैयाँ र कोषको लागत १०.९७ प्रतिशत रहेको छ । 

हाल लघुवित्तको चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved