७७ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 07:01:39 AM मा प्रकाशित

laxmi  sunrise bank

 महुली लघुवित्तले गत आर्थिक बर्ष ४.२९ करोड खुद नाफा कमाएको छ  । कम्पनीले आर्थिक वर्ष ७४/७५ मा २.४१ करोड नाफा कमाएकोमा ७५/७६ मा कम्पनीको नाफा ७७.५३ प्रतिशतले बढेर ४.२९ करोड पुगेको हो  ।

यस अवधिमा लघुवित्तले ८८ करोड ३४ लाख निक्षेप संकलन गरेको छ भने २.०६ अर्बको ऋण प्रवाह गरेको छ  । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ९७.१३ करोड  सापटी (बरोइङ) गरेर ल्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी भने १४ करोड ७३ लाख रहेको छ ।

कम्पनीको चुक्ता पुंजी १० करोड २० लाख रहेको छ भने रिजर्भमा १९.३१ करोड रहेको छ  ।  यस अवधिमा कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट घटेर १.६२ प्रतिशत रहेको छ ।

लघुवित्तको मूल्य आम्दानी अनुपात २२.४९ गुणा, प्रति शेयर नेट वर्थ २८९.४१ रुपैयाँ, ईपीएस ४२.१० रुपैयाँ र कोषको लागत १०.३७ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved