सिद्धार्थ बैंकको नाफा २ अर्ब ३० करोड, लाभाशं क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 06:57:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ Siddhartha Bank Limited ले गत आर्थिक बर्ष २ अर्ब ३० करोड ८८ लाख ५३ हजार खुद नाफा कमाएको छ। आर्थिक बर्ष ७४/७५ मा बैंकले १ अर्ब ९० करोड ४० लाख ६१ हजार खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा २१.२६ प्रतिशतले बढेको हो।

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६५ करोड २० लाख १८ हजर रहेको छ । यस हिसाबले बैंकले १८ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । 

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। अन्तिम लेखापरिक्षण गर्दा बैंकको नाफामा केही तलमाथि हुनसक्ने तथा नियामकीय पुनरावलोकन र थप प्रोभिजन तथा विगतको संचित वितरणायोग्य मुनाफाको आधारमा वास्तविक लाभांस क्षमता फरक पर्न सक्नेछ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ करोड ४ लाख रहेको छ । १ खर्ब १४ अर्ब ९० करोड ४८ लाख निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी १ अर्ब ४ अर्ब ७६ करोड ८९ लाख रहेको छ ।  बैंकको जगेडा कोषमा ४ अर्ब ४८ करोड ५४ लाख रहेको छ । 

बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढेको छ । अधिल्लो आर्थिक वर्षमा ३ अर्ब ४३ करोड ६२ लाख रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर ४ अर्ब ६७ करोड ३९ लाख पुगेको छ ।

बैंकको खराब कर्जा ०.७५ प्रतिशत रहेको छ  । त्यस्तै बैंकको प्रतिशेयर नेट वर्थ १६९ रुपैयाँ ७७ पैसा,  प्रति शेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा,  ब्याजदर अन्तर ( स्प्रेड रेट) ४.०७ प्रतिशत, आधार ब्याजदर १०.५७  प्रतिशत, पुँजीकोष अनुपात १२.५६ प्रतिशत र  कोषको लागत ७.५४ प्रतिशत रहेको छ  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved