कुमारी बैंकको नाफा १ अर्ब ३३ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 06:03:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले Kumari Bank Limited ले गत आर्थिक बर्ष १ अर्ब ३३ करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४/७५ मा बैंकले १ अर्ब ४ करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा २८.०४ प्रतिशतले बढेको हो ।

बिजपाटी डटकमले बैंकले १ अर्ब ३७ करोड खुद नाफा गर्ने प्रक्षेपण गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा भने ९६ करोड ७० लाख रहेको छ । यस हिसाबले बैंकले ११ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।तर नियामकीय पुनरावलाेकन र थप प्राेभिजन तथा विगतकाे संचित वितरणायाेग्य मुनाफाकाे आधारमा वास्तविक लाभांस क्षमता फरक पर्न सक्नेछ ।

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ६८ करोड रहेको छ । ७३ अर्ब २० करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७३ अर्ब १२ करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष ३ अर्ब १८ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ४८.५५  प्रतिसतले बढेर ३ अर्ब १ करोड पुगेको छ । बैंकको खराब कर्जा ०.९७ प्रतिशत रहेको छ  । 

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १४.३२  गुणा, प्रतिशेयर नेट वर्थ १३८.६४ रुपैयाँ, प्रति शेयर आम्दानी १५.३६ रुपैयाँ,   , आधार ब्याजदर १०.८२ प्रतिशत, कोषको लागत ८.३५ प्रतिशत , पुँजी पर्याप्तता अनुपात १२.०७ , र सीसीडि ७८.३२ रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved