कृषि विकास बैंकले कमायो ४ अर्ब ३५ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 06:59:45 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले Agriculture Development Bank Limited ले गत आर्थिक बर्ष ४ अर्ब ३५ करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४/७५ मा बैंकले ३ अर्ब ६५  करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा १९ प्रतिशतले बढेको हो ।

 बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ३१ करोड रहेको छ । यस हिसाबले बैंकले २२.९१ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।तर नियामकीय पुनरावलाेकन र थप प्राेभिजन तथा विगतकाे संचित वितरणायाेग्य मुनाफाकाे आधारमा वास्तविक लाभांस क्षमता फरक पर्न सक्नेछ ।

हाल बैंकको चुक्ता पुंजी १४ अर्ब ४४ करोड रहेको छ । १ खर्ब १९ अर्ब  निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष १० अर्ब ४० करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ७.६१ प्रतिशतले बढेको ७ अर्ब ३७ करोड पुगेको छ । बैंकको खराब कर्जा २.९० प्रतिशत रहेको छ  । 

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ९.१६  गुणा, प्रतिशेयर नेट वर्थ ३१४.१८ रुपैयाँ, प्रति शेयर आम्दानी ४४.६७ रुपैयाँ,   , आधार ब्याजदर १०.५८ प्रतिशत, कोषको लागत ७.४१ प्रतिशत ,स्प्रेड दर ४.६८, पुँजी पर्याप्तता अनुपात २०.३३ , तरलता २८.९६ र सीसीडि ७८.७२ रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved