लक्ष्मी बैंकको नाफा १ अर्ब ५७ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 06:30:45 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी  बैंकले Laxmi Bank Limited ले गत आर्थिक बर्ष १ अर्ब ५७ करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४/७५ मा बैंकले १ अर्ब १८ करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा ३३.४४ प्रतिशतले बढेको हो ।

बिजपाटी डटकमले बैंकले १ अर्ब ४१ करोड खुद नाफा गर्ने प्रक्षेपण गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा भने १  अर्ब १५ करोड रहेको छ । यस हिसाबले बैंकले १२ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।तर नियामकीय पुनरावलाेकन र थप प्राेभिजन तथा विगतकाे संचित वितरणायाेग्य मुनाफाकाे आधारमा वास्तविक लाभांस क्षमता फरक पर्न सक्नेछ ।

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ९२ करोड रहेको छ । ७९अर्ब ७४ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २२ करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष ३ अर्ब ७१ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ३०.५४ प्रतिसतले बढेर ३ अर्ब ४ करोड पुगेको छ । बैंकको खराब कर्जा १.११ प्रतिशत रहेको छ  । 

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १२.७९  गुणा, प्रतिशेयर नेट वर्थ १४१.६७ रुपैयाँ, प्रति शेयर आम्दानी १७.६७ रुपैयाँ,   , आधार ब्याजदर १०.३१ प्रतिशत, कोषको लागत ७.०१ प्रतिशत , पुँजी पर्याप्तता अनुपात ११.३३ र सीसीडि ७७.१३ रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved