६५ प्रतिशतले बढ्यो सिनर्जी पावरको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 05:33:22 PM मा प्रकाशित

laxmi  sunrise bank

 गत बर्ष (आव ७४/७५) को तुलनामा यस बर्ष (आव ७५/७६) मा सिनर्जी पावरको नाफा ६५ प्रतिशतले बढेको छ । गत बर्ष १ करोड ६० लाख नाफा कमाएकोमा कम्पनीले यो बर्ष  २ करोड ६५ लाख नाफा कमाएको हो । कम्पनीको विद्युत बिक्रिको आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक बर्ष कम्पनीले विद्युत बिक्रिबाट २० करोड २२ लाख कमाएकोमा यस पटक १९ करोड १९ लाख मात्र कमाएको छ ।

वित्तिय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ७० करोड छ भने बैंक ऋण  झण्डै ७२ करोड रहेको छ । कम्पनीले गत आर्थिक बर्षमा सञ्चालन नाफा गरेको भए पनि रिजर्भ १० करोड ९४ लाख ८७ हजार ५७६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भ पोजेटिभ नभए सम्म लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्दैनन् । 

आज प्रकाशित कम्पनीको चौथो त्रैमासको बित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३.७९ छ भने प्रति शेयर नेटवर्थ ८४.३६  र मुल्य आम्दानी अनुपात २३.७४ रहेको छ ।  

सिनर्जी पावरले दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलबिद्युत आयोजना निर्माण गरि सञ्चालन गर्दै आएको छ ।  तर बिद्युत प्राधिकरणले बनाउनु पर्ने प्रसारणलाईन नबनाईदिएको कारण ७ बर्ष देखि उत्पादन भएको बिद्युत पूर्ण रुपमा खपत हुन नसकी खेर गईरहेको कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved