चिलिमे हाइड्रोपावरको नाफामा गिरावट, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 07:01:12 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे हाइड्रोपावरको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष ७५/७६ को चौथो त्रैमासको वित्तीय प्रतिवेदनले कम्पनीको नाफा २२.८९ प्रतिशतले घटेको देखायो हो । 

अघिल्लो आर्थिक बर्षमा कम्पनीको नाफा ९२ करोड ८३ लाख रहेकोमा नाफा घटेर ७१ करोड ७५ लाख कायम भएको छ ।  

कम्पनीको विद्युत बिक्रिको आम्दानी २.८१ प्रतिशतले बढेर १ अर्ब १७ करोड पुगेको छ भने संचालन मुनाफा ४,२८ प्रतिशतले घटेर ८८ करोड ४४ लाख रहेको छ ।  कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७५ करोड रहेको छ भने रिजर्भमा ४ अर्ब ५५ करोड छ । कम्पनीले अघिल्लो बर्ष भन्दा ४ सय प्रतिशत बढी रोयल्टी तिरेको छ ।  अघिल्लो बर्ष कम्पनीले २४ हजार ९ सय ५८ रुपैयाँ रोयल्टी तिरेकोमा गत आर्थिक बर्षमा कम्पनीले १ लाख २५ हजार रोयल्टी तिरेको हो । 

यस अवधिमा कम्पनीले आक्रमण लगानी गरेको छ । कम्पनीको निक्षेप लगानी १ अर्ब २५ करोड रहेको छ भने अन्य कम्पनीमा लगानी ५ अर्ब ९३ करोड रहेको छ । 

कम्पनीको मूल्य आम्दानी अनुपात ३४.६४, नेट वेथ १९५.८१ र प्रति शेयर आम्दानी १५.०४ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved