हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा ४० प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 08:28:06 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल Himalayan General Insurance Company Limited ले गत आर्थिक बर्षको अपरिस्कृत प्रगति विवरण प्रकाशित गरेको छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक बर्ष २०७४/०७५ को तुलनामा ४०.१ प्रतिशतले खुद मुनाफा बढाएर गत आर्थिक बर्ष १९ करोड ८५ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष इन्स्योरेन्सले १४ करोड १६ लाख ८९ हजार नाफा आर्जन गरेको थियो।     

कम्पनीले प्रमुख सुचक मानिने खुद बीमा शुल्क २२.५३ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ११ लाख ४० हजार खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा २७ करोड नौ लाख ५९ हजार अर्जन गरेको छ । 

एक अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा २५ करोड ५२ लाख ५१ हजार रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा कम्पनीको बीमा कोषमा २६.५५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ३७ करोड ३८ लाख २५ हजार रहेको बीमा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा ४७ करोड ३० लाख ८२ हजार रुपैयाँको भएको छ । 

कम्पनीले महाविपत्ति कोषमा ३ करोड २८ लाख ५४ हजार रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा १७ करोड ४८ लाख ४२ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने अभिकर्ता कमीशन बापत १ करोड ४१ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ ।   

कम्पनीको जारी बीमालेख संख्या ४ हजार ७ सय ले वृद्धि भई ४६ हजार दुई सय पाँछ पुगेको छ भने कुल बीमाशुल्क आर्जन १ अर्ब ४५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले १ हजार भन्दा माथि दावी वापतको करिब १४ करोड ९५ लाख रुपैया दाबी भुक्तनी गर्न बाँकी रहेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३३ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ७४ रुपैयाँ १० पैसा र मुल्य आम्दानी अनुपात १८.११ गुणा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved