४९ करोड नाफा कमाएको साना किसान लघुवित्तको अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 09:00:45 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान Sana Kisan Laghubitta Bittiya Sanstha Limited ले गत आर्थिक बर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत विवरण अनुसार ४९ करोड १० लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तलेले ३९ करोड ३० लाख ६३ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा २५.६९ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तकोे प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ४७ पैसा रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब १८ करोड ४५ लाख ७६ हजार मात्र रहेको जगेडा कोषमा गत आर्थिक वर्षको अन्त्यमा आउँदा ४१.७१ प्रतिशतले वृद्धि भई १ अर्ब ६७ करोड ८६ लाख ६० हजार भएको छ । 

साना किसान सहकारीलाई थोक कर्जा प्रवाह गर्ने लघुवित्तले उक्त अवधिमा १७ अर्ब ६५ करोड तीन लाख ४० हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी (बरोइङ) गरेर ल्याएको छ । सोही अवधिमा संस्थाले २० अर्ब ४५ करोड ७० लाख ६० हजार कर्जा लगानी गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले १५ अर्ब ७४ करोड ३० लाख १२ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर १६ अर्ब ८९ करोड १२ लाख २३ हजार कर्जा लगानी गरेको थियो । 

उक्त अवधिमा १ अर्ब ९९ करोड ६ लाख ७४ हजार व्याजबाट आम्दानी गरेको छ । सोही अवधिमा १ अर्ब ७  करोड १७ लाख १३ हजार व्याज भुक्तानी गरेको संस्थाले  खुद व्याज आम्दानी २२.३५ प्रतिशतले वृद्धि गर्दै ९१ करोड ८९ लाख ६० हजार पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा माइक्रोफाइनान्सले ७५ करोड १० लाख ७८ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

साना किसान सहकारीलाई थोक कर्जा प्रवाह गर्ने यस संस्थाको निष्कृय कर्जा अनुपात शुन्य प्रतिशत रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १५.१८ गुणा, पुँजी कोष अनुपात ११.१९ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३ सय १३ रुपैयाँ ५६ पैसा र कोषको लागत ५.९० प्रतिशत रहेको छ । 

हाल संस्थाकोे चुक्ता पुँजी ७८ करोड ६० लाख ३४ हजार रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved