बिजपाटी सम्बाददाता     Aug 14, 2019 | 05:13:13 AM


ruslan

नबिल बैंक Nabil Bank Limited  ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमास सम्ममा  अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले ३ अर्ब ९८ करोड १८ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा बैंकको नाफा ७.८४ प्रतिशतले बढेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले ३५ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड ६० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा  खुद ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख  रहेको थियो । 

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब एक करोड १८ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष ९ अर्ब ३३ करोड २३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्ममा बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरेको छ। जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा २१.९३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड छ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।  सोहि अवधिमा बैंकको कर्जा लगानी १८.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब  २० करोड ४३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब पाँच करोड ९३ लाख कर्जा लगानी गरेको थियो । 

खराब कर्जा ०.७४ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १६.७९ गुणा, प्रतिशेयर नेटवर्थ दुई सय ५८ रुपैयाँ ०६ पैसा, प्रति शेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा, आधार ब्याजदर ८.०९ प्रतिशत, कोषको लागत ६.१३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७१ प्रतिशत र सीसीडि ७२.९ प्रतिशत रहेको छ  ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7