बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Aug 14, 2019 | 12:37:20 PM



सनराइज बैंक Sunrise Bank Limited  ले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा करिब १६ प्रतिशतले बढाएर १ अर्ब ७० करोड खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष बैंकले १ अर्ब ४७ करोड खुद मुनाफा गरेको थियो। 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ११ करोड रुपैयाँ छ । यस हिसाबले बैंकले करिब १३ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ । 

गत आर्थिक बर्ष बैंकले ११.९७ प्रतिशतले बढाएर ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेको छ भने १६।३२ प्रतिशतले बढाएर ६८ अर्ब ८७ करोड कर्जा लगानी गरेको छ। बैंकको मुख्य आम्दानीको रुपमा मानिने खुद ब्याज आम्दानी ३५.४७ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो आर्थिक बर्ष बैंकले २ अर्ब ८७ करोड खुद ब्याज आम्दानी गरेको थियो।   

यसअवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड छ भने जगेडा कोषमा ४ अर्ब १९ करोड छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १.०३ प्रतिशत छ भने प्रति सेयर आम्दानी २० रुपैयाँ ९४ पैसा, प्रति सेयर नेटवर्थ १५१ रुपैयाँ ४७ पैसा र मुल्य आम्दानीको अनुपात ११।८४ गुणा छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7