बिजपाटी सम्बाददाता     Aug 15, 2019 | 05:58:37 AM



जनता बैंक Janata Bank Nepal Limited ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ३४ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले एक अर्ब २७ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा बैंकको नाफा करिब ३४ प्रतिशतले बढेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने ९७ करोड २६ लाख ४९ हजार रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब १२ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले ७६ अर्ब एक करोड ८६ लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा ३०.३२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ अर्ब ३२ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी २६.६१ प्रतिशतले बढेर ६६ अर्ब ८४ करोड १३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५२ अर्ब ७९ करोड १७ लाख कर्जा लगानी गरेको थियो । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ४२.२६ प्रतिशतले बढेर तीन अर्ब ४१ करोड ७८ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ४० करोड २४ लाख थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा १ अर्ब ७० करोड ४५ लाख रुपैयाँ रहेको छ । 

खराब कर्जा १.११ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १२.७३ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ३३ रुपैयाँ ५४ पैसा, प्रति शेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा, आधार ब्याजदर ९.९५ प्रतिशत, कोषको लागत ७.५३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.३३ प्रतिशत र सीसीडि ७७.३४ प्रतिशत रहेको छ  ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7