राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 06:25:12 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले तीन अर्ब ६५ करोड ९२  लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा बैंकको नाफा करिब ४५.६१ प्रतिशतले बढेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ रहेको छ । पुर्ण सरकारी स्वामित्व रहेको बैंकको राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात बाँक रहेको मुनापाm नेपाल सरकारले लाभांशको रुपमा उपयोग गर्न सक्नेछ । लेखापरिक्षण गर्न बाँकी रहेकोले माथिको मुनाफामा केही तलमाथि भने हुनसक्नेछ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ९० अर्ब तीन करोड १४ लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा १५.७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६४ अर्ब २१ करोड तीन लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी २३.०३ प्रतिशतले बढेर एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब ४१ करोड ४१ लाख कर्जा लगानी गरेको थियो । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी १२.२४ प्रतिशतले बढेर १० अर्ब २२ करोड ९५ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज नौ अर्ब ११ करोड ४२ लाख थियो । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा १३ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ रहेको छ । 

खराब कर्जा ३.९० प्रतिशत रहेको बैंककोे आधार ब्याजदर ५.५० प्रतिशत, कोषको लागत ३.५२ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.२० प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४६प्रतिशत र सीसीडि ७२.७८ प्रतिशत रहेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved