ब्राण्ड र व्यवसायमा आक्रामक कामना सेवाको मुनाफा ३२ करोड, अन्य सूचकमा देखियो यस्तो प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 07:43:41 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षमा शाखा विस्तारसँगै बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा भएको वृद्धिका बावजुद ३२ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।  बैंकले अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को सोही अवधिमा ३७ करोड ४७ लाख  खुद मुनाफा कमाएको थियो । 

समिक्षा अवधिमा बैंकको निक्षेप ४५.८७ प्रतिशतले वृद्धि भई २२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप १५ अर्ब ७५ करोड रहेको थियो । उक्त अवधिमा बैंकले कर्जा विस्तार ५२.८६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा १३ अर्ब २० करोड रहेको बैंकको कर्जा लगानी गत आर्थिक वर्षको अन्त्यमा आउँदा  २० अर्ब १८ करोड रुपैयाँ पुगेको छ । 

प्रमुख आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा बैंकले उल्लेख्य प्रगति गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १७.६९ प्रतिशतले वृद्धि गदैं गत आर्थिक वर्षमा ८८ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । २ अर्ब ५४ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको जगेडा कोषमा ५० करोड ३८ लाख रुपैंयाँ रहेको छ । 

अघिल्लो आर्थिक वर्षमा १.१३ प्रतिशत रहेको खराब कर्जालाई पनि सुधार गर्दै बैंकले गत आर्थिक वर्षमा शुन्य दशमलव ९० प्रतिशत कायम गरेको छ । बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत, प्रति शेयर आम्दानी १३ रुपैयाँ ७० पैसा, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रति शेयर नेटवर्थ १ एक ३१ रुपैयाँ ०९ पैसा, तरलता अनुपात २२.७४ प्रतिशत, आधार दरलाई ११.५९ प्रतिशत, कोषको लागत ८.८६ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.९७ प्रतिशत रहेको छ । 

गत आर्थिक वर्षमा सेवा विस्तारका क्रममा थप ३६ वटा शाखा सञ्चालनमा बैंकले थप २८ वटा ए.टि.एम को साथै स्मार्ट टेलर, मोबाईल बैकिङ्ग, कामना सेवा रेमिट, भिजा कार्डजस्ता नविनतम्  प्रोडक्टहरु संचालनमा ल्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved