४१ प्रतिशत नाफा बढाएको नेपाल बंगलादेश बैंकको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 08:34:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले Nepal Bangladesh Bank Limited ले  गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।  आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६१ करोड  खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले एक अर्ब १४ करोड खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा बैंकको नाफा करिब ४१.५६ प्रतिशतले बढेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब १२ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले ५९ अर्ब ८२ करोड निक्षेप संकलन गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ९८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै यस अवधिमा बैंकको कर्जा लगानी ५२ अर्ब ७२ करोड रहेको छ । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी गत बर्ष १ अर्ब  ९७ करोड रहेकोमा यस बर्ष बढेर २ अर्ब ९१ करोड पुगेको छ  । बैंकको  जगेडा कोषमा ४ अर्ब ३६ करोड  रुपैयाँ रहेको छ । 

खराब कर्जा १.५६ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात ११.०९, प्रतिशेयर नेटवर्थ १५३.९१ , प्रति शेयर आम्दानी २० रुपैयाँ ०२ पैसा, आधार ब्याजदर १०.२ प्रतिशत, कोषको लागत ७.६ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.७५ प्रतिशत र सीसीडि ७२.८८ प्रतिशत रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved