शिवम सिमेन्टको संचालन आम्दानी ११ अर्ब नाघ्यो, नाफा ३६ करोडले बढ्दा लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 09:02:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियम मुल्यमा सेयर बिक्रि गरि सेयरबजारमा प्रवेश लिएको शिवम सिमेंट्सले अघिल्लो आर्थिक बर्ष भन्दा ३६ करोडले बढाएर गत बर्ष १ अर्ब ५०  करोड खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष शिवम सिमेंट्सले १ अर्ब १४ करोड मुनाफा आर्जन गरेको थियो। 

शिवम सिमेंट्सले अघिल्लो आर्थिक बर्षको तुलनामा संचालन मुनाफा अर्थात सिमेन्ट बिक्रि गरेर ११ अर्ब ३४ करोड आम्दानी गरेको छ। यसका लागि कम्पनीको बिक्रि लागत ७ अर्ब २७ करोड छ। जबकी अघिल्लो आर्थिक बर्ष शिवमको संचालन आम्दानी १० अर्ब २६ करोड थियो भने बिक्रि लागत ७ अर्ब ८१ करोड थियो।

अंकित भन्दा बढी मुल्य अर्थात् प्रिमियममा आइपीओ बिक्रि गरेबापतको सेयर प्रिमियम रकम ९३ करोड छ भने सेयरधनी क्सोहमा ३ अर्ब २२ करोड छ। सामान्यतया सेयर प्रिमियम बापतको रकम बोनस वितरणको लागि उपयोग हुने भएपनि उत्पादन मुलक कम्पनीको छुट्टै नियामक र नियम नभएकाले उसले कसरि कुन रकम बोनसबाट वितरण गर्न सक्छ त्यसको अहिलेनै भन्ने सक्ने अवस्था रहन्न। कम्पनीको संचालक तथा व्यवस्थापन आफै नियामक जस्तै भएकाले खुद मुनाफाबाट के कति लाभांश वितरण गर्छन भन्ने आंकलन अहिलेनै गर्ने अवस्था रहन्न।     

यस अवधिमा कम्पनीको चुक्तापुंजी ४ अर्ब ४० करोड छ भने प्रति सेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७ गुणा छ।  

बढ्दो प्रतिस्पर्धा, बैंक वित्तीय संस्थाको ब्याजदर बढ्दो क्रममा रहेको, कर सम्बन्धी स्पस्ट नीति नभएको जस्ता कारणले शिवम लगायतका सिमेन्ट कम्पनीहरुको लागत बढ्न सक्ने भएकाले त्यसले कम्पनीको आम्दानी र कारोबारमा असर पर्ने सक्ने देखिन्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved