सिन्धु विकास बैंकको मुनाफामा छलाङ, अन्य सूचकमा देखियो यस्तो प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 03:25:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ४ करोड ३५ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले १ करोड ९९ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्ष बैंकको नाफा ११८.४८ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकले २ अर्ब ६१ करोड ६१ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २७ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी २८.६१ प्रतिशतले बढेर २ अर्ब २ करोड ७ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड ११ लाख कर्जा लगानी गरेको थियो । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी २१.४६ प्रतिशतले बढेर १३ करोड ७२ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ करोड ३० लाख थियो । हाल बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ, भने जगेडा कोषमा ४ करोड ७४ लाख रुपैयाँ रहेको छ । 

खराब कर्जा १.६३ प्रतिशत रहेको बैंकको मुल्य आम्दानी अनुपात १७.०२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २० रुपैयाँ ६७ पैसा, प्रति शेयर आम्दानी ८ रुपैयाँ ४६ पैसा, आधार ब्याजदर ११.९४ प्रतिशत, कोषको लागत ७.७३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात २४.६६ प्रतिशत, ब्याजदर अन्तर ६.०५ प्रतिशत र सीसीडि ६३.५१ प्रतिशत रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved