३७ करोड नाफा कमाएको देवः विकास बैंकको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 07:27:35 AM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited ले एनएफआरएस अनुसार गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्षको चौथो त्रैमाससम्मको विवरण अनुसार ३८ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले ३७ करोड ८८ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्ष बैंकको नाफा २.७२ प्रतिशतले बढेको हो । खराक बर्जा वृद्धि हुँदा प्रोभिजनमा ।कम विनियाृजन गरेको बैंकले अन्य क्ष्मेत्रमा राम्रो प्रगतिका बाबजुत मुनाफामा भने सामान्य मात्र वृद्धि भएको देखिन्छ । 

बैंकको वितरणयोग्य मुनाफा भने ४७ करोड ६३ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई ८ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले २१ अर्ब ७८ करोड १९ लाख निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ५२.५८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १४ अर्ब २७ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी ५१ प्रतिशतले बढेर २० अर्ब ७ करोड ७४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १३ अर्ब २९ करोड ६३ लाख कर्जा लगानी गरेको थियो । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ३४.४७ प्रतिशतले बढेर ९२ करोड ८६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ६८ करोड ५५ लाख थियो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा ४८ करोड ५९ लाख रुपैयाँ रहेको छ ।  

अघिल्लो आर्थिक वर्षमा १.९२ प्रतिशत रहेको बैंकको खराब कर्जामा केहि वृद्धि भएर २.३७ प्रतिशत पुगेको छ । त्यस्तै आधार ब्याजदर १०.९४ प्रतिशत, कोषको लागत ८.४६ प्रतिशत , पुँजी पर्याप्तता अनुपात १५.४३ प्रतिशत, ब्याजदर अन्तर (स्पे्रड रेट) ४.८३ प्रतिशत र सीसीडि ७६.८६ प्रतिशत रहेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved