सिभिल बैंकको ग्रोथ २० प्रतिशतले बढ्यो, ७६ करोड मुनाफा गर्दा लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 07:42:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले गत आर्थिक बर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा करिब १७ प्रतिशतले बढाएर खुद मुनाफा ७६ करोड ४ लाख मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष बैंकले ६२ करोड ९८ लाख मुनाफा आर्जन गरेको थियो। 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने ५५ करोड ६९ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब ७ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले ४२ अर्ब निक्षेप संकलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको ४ अर्ब २५ करोडले बढी हो। त्यस्तै बैंकले ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ८ अर्ब २२ करोडले बढी हो।  

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी १४ करोड ४८ लाखले बढेर ६२ करोड ८५ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८ करोड ३७ लाख थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६१ करोड छ। 

खराब कर्जा २.६५ प्रतिशतले घटाएर २.३७ प्रतिशतमा झारेको बैंककोे मूल्य आम्दानी अनुपात १६.६३ गुणा, प्रतिशेयर नेटवर्थ एक सय २७ रुपैयाँ ९८ पैसा, प्रति शेयर आम्दानी ९ रुपैयाँ ५ पैसा, कोषको लागत ८।४५ प्रतिशत, पुँजी पर्याप्तता अनुपात २६।६७ प्रतिशत रहेको छ। त्यस्तै बैंकको ब्याजदर अन्तर ३.७६ प्रतिशत रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved