एकैपटक लाइसेन्स पाएका यी ४ जीवन वीमामा कसमा लगानी बढी प्रतिफलमुलक ? (रिपोर्ट)

विजय पराजुली

विजय पराजुली

Aug 18, 2019 | 10:05:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष सकिएसँगै जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिरहेका छन्। संचालनमा रहेका १९ मध्ये करिब एकै समयमा संचालनमा आएका प्राइम लाइफ, एसियन लाइफ, सूर्या लाइफ र गुराँस लाइफले गत आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गरेकाछन।

चुक्ता पुँजी 

४ वटै बीमा कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । ४ वटा कम्पनीमा सबैभन्दा धेरै चुक्तापुँजी एशियन लाइफ छ। आर्थिक वर्ष २०७४÷०७५ को मुनााफाबाट बोनस घोषणा गर्न बाँकी रहेको एशियन लाइफको चुक्ता पुँजी २ अर्ब १ करोड रहेको छ। 

त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ र २०७४÷०७५ को बोनस घोषण नगरेको प्राइम लाइफको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ, सुर्या लाइफको १ अर्ब २५ करोड र गुराँस लाइफको १ अर्ब  २ करोड रहेको छ । 

जगेडा कोष

दुई आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी रहेको प्राइम लाइफको जगेडा कोष सबैभन्दा बलियो रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४÷०७५को तुलनमा जगेडा कोषमा २९.२८ प्रतिशतले वृद्धि गर्दै १ अर्ब २४ करोड पुर्याएको छ । सुर्या लाइफले जगेडा कोषलाई ४९ प्रतिशत बढाउँदै  ४१ करोड २ लाख पुर्याउँदा एशियन लाइफले २८.६४ प्रतिशतले बढाएर ३२ करोड १५ लाख र गुराँस लाइफले २२.३४ प्रतिशतले बढाएर २७ करोड ९३ लाख रुपैयाँ पुयाएको छ । 

जीवन बीमा कोष

जीवन बीमा कम्पनीहरुको प्रमुख सुचकको रुपमा जीवन बीमा कोषलाई लिइन्छ। गत असार मसान्तसम्मको तथ्याङक हेर्दा ४ मध्ये एशियन लाइफ  धेरै अगाडी देखिन्छ । दोस्रो स्थानमा रहेको प्राइम लाइफ भन्दा एशियनको बीमा कोषको आकार करिब दोब्बर छ । एशिएन लाइफले गत आर्थिक वर्षमा जीवन बीमा कोष २९.६२ प्रतिशतले बढाउँदै १७ खर्ब १ अर्ब पुर्याएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको प्राइम लाइफले ३६.१७ प्रतिशतले बढाउँदै ८ अर्ब ९० करोड पुर्याएको छ । सुरुका वर्षहरुमा म्यादी बीमालाई फोकस गर्दा प्राइम लाइफले बीमाकोष बढाउन सकेको थिएन तर पछिल्लो बर्षहरुमा प्राइमकाो बीमाकोष वृद्धिदर राम्रो छ।

 सुर्या लाइफ र गुराँस लाइफको भने बीमाकोषको अवस्था उस्तै रहेको छ । विगतका वर्षमहरुमा म्यादी बीमालाई प्राथमीकतमाा राख्दा दुबै कम्पनीले विमाकोष बढाउन नसके पनि गत आर्थिक वर्षमा भने दुबै कम्पनीले बीमाकोमा राम्रो सुधार गरेको देखिन्छ । सुर्या लाइफले ४६.६९ प्रतिशतले बीमाकोष बढाउँदै ५ अर्ब २५ करोड पुर्याएको छ भने गुराँस लाइफले बीमाकोष ३७.५८ प्रतिशतले बढाउँदै ५ अर्ब ८२ करोड बनाएको छ । 

खुद बीमाशुल्क आर्जन 

गत आर्थिक वर्षमा खुद बीमाशुक आर्जनमा पनि एशियन लाइफ नै अग्र स्थानमा छ। एशियन लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६१ प्रतिशतले बढाउँदै गत आर्थिक वर्षमा ४ अर्ब २१ करोड खुद बीमाशुल्क आर्जन गरेको छ ।  यस्तै प्राइम लाइफले २९.६ प्रतिशतले वृद्धि गर्दै २ अर्ब  ८६ करोड, सुर्या लाइफले ४९.४९ प्रतिशले वृद्धि गर्दै २ अर्ब ४८ करोड  र गुराँस लाइफले ३०.६४ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ८९ करोड बीमाशुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुको ब्यवसाय विस्तारको अवस्था कस्तो रहेको छ भनेर खुद बीमाशुल्क आर्जनले नै बताउँछ  । 

बीमालेख संख्या 

प्राइम लाइफको बीमालेख संख्या घट्दा अन्य ३ कम्पनीको भने बढेको छ । बीमा समितिले गत माघ १ गते बाट बैदेशिक रोजगार म्यादी बीमालाई पुलमार्फत सञ्चालन गरेको छ । म्यादी बीमालाई पुलमार्फत सञ्चालन गरेकोले केही कम्पनीले कायम रहेको बीमालेखमा म्यादी बीमालाई समावेश गरेका छैनन, त्यसैले अन्य सुचकमा प्रगतिको बावजुत पनि प्राइमको बीमालेख संख्या भने घट्न पुगेको हो । उक्त अवधिमा एशियन लाइफको सबैभन्दा बढी २८ प्रतिशतले बीमालेखको संख्या बढेको छ । यस्तै सुर्या लाइफको १० प्रतिशतले र गुँरस लाइफको १ प्रतिशतले बढ्दा प्राइम लाइफका्े ३९ प्रथिशतले घटेको हो । 

खुद मुनाफा

अल्पकालिन प्रकृतिको म्यादी बीमालेख र बीमालेख धितो लगायतबाट प्राप्त आम्दानीलाई बीमा कम्पनीहरुको बीमाङकीयम मुल्याङकन पुर्व नै विभिन्न खर्चहरु कटाएर मुनाफाको रुपमा देखाउने गर्दाछन । तर बीमा कम्पनीको वास्तवीक मुनाफा भने विमाङकीय मुल्याङकन पश्चात् मात्र आउने गर्दछ । त्यसैले बीमा कम्पनीले अपरिस्कृत रुपमा प्रकाशित मुनाफालाई अन्तीम मुनाफा मान् सकिदैन । बीमा कमपनीको बीमाकोष जति भेरैे हुसन्छ । बीमाङकीय मुल्याङकन पछिको नाफा पनि त्यति नै धेरै हुने गर्दछ । अपरिस्कृत विवरण अनुसार ४ वटा कम्पनी मध्ये सबैभन्दा धेरै मुनाफा प्राइम लाइफले आर्जन गरेको छ । कम्पनीले ३१ करोड ३० लाख मुनाफा आर्जन गरेको छ । यस्तै सुर्या लाइफले  २० करोड ८६ लाख, गुराँस लाइफले ७ करोड ६४ लाख र एशियन लाइफले ५ करोड मुनाफा आर्जन गरेको छ।

बीमा कम्पनीको वास्तविक क्षमता हेर्नको लागि कम्पनीको बीमाकोष कस्तो छ भनेर हेर्नुपर्ने हुन्छ । जीवन बीमा कम्पनीको वास्तविक मुनाफाको लागि विमाङीय मुल्याङकन रिपार्ट आउनुपर्ने हुन्छ । जीवन बीमाकोषमा जति धेरै रकम छ त्यो कम्पनीको विमाङकीय मुल्याङकन पछिको नाफा पनि बढी हुन्छ । बिमाङकीय मुल्याकन गर्दा बीमा कोषमा रहेको रकमको लगानीबाट प्राप्त आम्दाम्दानीको अधिकतम १० प्रतिशत सम्म शेयरहोल्डर फण्डमा जम्मा गर्न पाइन्छ । भने बाँकी रहेको ९० प्रतिशत पोलिशी होल्डरको फण्डको रुपमा पुन बीमा कोषमा नै जाने गर्दछ । 

१९ वटा जीवन बीमा मध्ये राष्ट्रिय बीमा संस्थानमा पुर्ण सरकारी स्वामित्व रहेको छ भने मेट लाईफ विदेशी बीमा कम्पनीको शाखा कार्यलय हो ।  अन्य १७ वटा जीवन बीमा कम्पनीमा सबैभन्दा पुरानो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हो भने नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललेसँगै लाइसेन्स पाएका हुन् । त्यसपछी २०६४ मा प्राइम लाइफ, एसियन लाइफ, सूर्या लाइफ र गुराँस लाइफले लाइसेन्स पाएका थिए । त्यसपछी बीमा समितिले २०७४ मा ९ वटा र २०७ मा एउटा बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । 

हेर्नुस कसको प्रगति कस्तो ? (रकम रु हजारमा )


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved