कञ्चन डेभलपमेन्ट बैंकको नाफा १ करोड ३९ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 10:05:11 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चन डेभलपमेन्ट बैंकको नाफा करिब १७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले खुद नाफामा १६.७४ प्रतिशतले वृद्धि गरी १ करोड ३९ लाख ९२ हजार ६ सय ९० रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ करोड १९ लाख ८६ हजार खुद मुनाफा आर्जन गरेको थियो । 

गत वर्षको सोही अवधिको तुलनामा बैंकले ५.०९ प्रतिशले निक्षेप वृद्धि गर्दै ५ अर्ब ८१ करोड ५२ लाख ६२ हजार निक्षेप संकलन गरेको छ।  बैंकले सोही अवधिमा कर्जा लगानी १.४३ प्रतिशतले बढाउँदै ४ अर्ब ५९ करोड २१ लाख ९३ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५३ करोड ३३ लाख ३१ हजार निक्षेप संकलन गरि ४ अर्ब ५२ करोड ७३ लाख ५७ हजार कर्जा लगानी गरेको थियो । 

१३ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले असोज मसान्त सम्मा जगेडा कोषमा ८ करोड ४९ लाख ६२ हजार छुट्याएको छ । तिन महीनाको अवधिमा बैंकले ७ करोड २५ लाख २५ हजार खु्द बयाज आम्दानी गरेको छ । गत आर्थिक वर्षमा भने बैंकले ४ करोड ८० लाख ६ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

 निष्किृय कर्जा १.४६ प्रतिशत रहेको बैंकको कोषको लागत ७.९८ प्रतिशत, सिसिडि रेसियो ७३.१६ प्रतिशत, आधार ब्याजदर १०.९४ प्रतिशत, र ब्याजदर अन्तर ५०७ प्रतिशत रहेको छ । त्यस्तै बैंकको अन्य सुचकमा प्रतिशेयर आम्दानी १० रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३६ रुपैयाँ र पुँजी कोष अनुपात १२.७४ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved