२३० प्रतिशतले बढ्यो चौतारी लघुवित्तको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 10:29:59 AM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्तको नाफा २३० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २३ लाख ७२ हजार खुद मुनाफा आर्जन गरेको लधुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३०.१ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३७ लाख ४८ हजार खुद मुनाफा आर्जन गरेको थियो ।  

प्रथम त्रैमास सम्ममा १ अर्ब ६५ करोड १४ लाख ५८ हजार कर्जा लगानी गरेको लघुवित्तले ५३ करोड १० लाख ७६ हजार रुपैयाँ सदस्यहरुबाट निक्षेप संकलन गर्दा  ९४ करोड ८ लाख ४ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९१ करोड ५३ लाख ३५ हजार कर्जा लगानी गरेको गर्न २७ करोड २५ लाख १० हजार निक्षेप संकलन गर्दा  ५४ करोड ६६ लाख ८ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी  लिएको थियो । 

गत आर्थिक वर्षमा आइपीओ जारी गरी १९ करोड ९० लाख २० हजार पुँजी पुर्याको लघुवित्तले जगेडा कोषमा २ करोड २५ लाख ० हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले ३ करोड ५ लाख ३९ हजार खुद ब्याज आम्दानी गरेको छ । निष्कृय कर्जा शुन्य दशमलव ६ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात १३.७२ प्रतिशत, कोषको लागत १०.४२ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ५ रुपैयाँ १५ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved