स्पर्श लघुवित्तले ५५ लाख मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ३२ लाख ४ हजार रुपैयाँ नोक्सानीमा रहेको लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमाममा सुधार गर्दै ५५ लाख ७ हजार मुनाफा आर्जन गरेको हो ।
प्रथम त्रैमास सम्ममा ९५ करोड ५६ लाख ९८ हजार कर्जा लगानी गरेको लघुवित्तले १९ करोड २६ लाख ९१ हजार रुपैयाँ सदस्यहरुबाट निक्षेप संकलन गर्दा ७० करोड ६७ लाख ७४ हजार रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४५ करोड ४० लाख ६८ हजार कर्जा लगानी गर्दा ७ करोड ९० लाख ४६ हजार निक्षेप संकलन र ४५ करोड ४० लाख ६८ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको थियो ।
गत आर्थिक वर्षमा आइपीओ जारी गरी ८ करोड २९ लाख ६३ हजार चुक्ता पुँजी पुर्याएको लघुवित्तले जगेडा कोषमा २ करोड १३ लाख ३५ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले १ करोड ४२ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको छ ।
निष्कृय कर्जा ०.६२ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात ११.१९ प्रतिशत, कोषको लागत १०.६ प्रतिशत रहेको छ । त्यस्तै मुल्य आम्दानी अनुपात २० गुणा, प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय २५ रुपैयाँ २१ पैसा रहेको छ ।