६९ प्रतिशतले बढ्यो वोमी माइक्रोफाइनान्स नाफा, जगेडा कोषमा १५ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 10:24:46 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited  को नाफा ६९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा  १ करोड ८ लाख ७०  हजार खुद मुनाफा आर्जन गरेको लघुवित्तले  चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ८३ लाख ९ हजार खुद मुनाफा आर्जन गरेको हो ।

 प्रथम त्रैमास सम्ममा लघुवित्तले २ अर्ब ३ करोड ५३ लाख ९२ हजार कर्जा लगानी गरेको छ ।  त्यस्तै कम्पनीले ६७ करोड ६१ लाख २५ हजार रुपैयाँ सदस्यहरुबाट निक्षेप संकलन गर्दा  ९९ करोड ४१ लाख १८ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले  १ अर्ब ३७ करोड २१ लाख ४६ हजार कर्जा लगानी गरेको गरेको थियो भने ४६ करोड ५४ लाख २७ हजार निक्षेप संकलन गरेको थियो  ।  

 १९ करोड ५९ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा १५ करोड १८ लाख ५३ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले ४ करोड ३१ लाख २ हजार खुद ब्याज आम्दानी गरेको छ । निष्कृय कर्जा ०.५९ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात १७.३ प्रतिशत, कोषको लागत १०.८४ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक ३७ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ७७ रुपैयाँ ४९ पैसा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved