आरएमडीसी लघुवित्तको मुनाफामा सामान्य वृद्धि, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 01:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha Limited  को मुनाफामा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको नाफा ३.५७ प्रतिशतले बढेको हो ।  गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९ लाख ७१ हजार नाफा कमाएकोमा चालु आर्थिक बर्ष कम्पनीले  ७ करोड ३५ लाख ७ हजार खुद मुनाफा आर्जन गरेको छ । 

कम्पनीले यस अवधिमा ८ अर्ब ११ करोड ७८ लाख ६ हजार थोक कर्जा लगानी गरेको छ ।  सोही अवधिमा लघुवित्तले ७ अर्ब ५५ करोड ८७ लाख ५१ हजार हन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ अर्ब १४ करोड ७५ लाख ३७ हजार कर्जा लगानी गरेको थियो । उक्त अवधिमा लघुवित्तले ५ अर्ब ९० करोड ५९ लाख ९२ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको थियो । 

७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा १ अर्ब ६८ करोड ७५ लाख २ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले ११ करोड ८५ लाख ७६ हजार खुद ब्याज आम्दानी गरेको छ ।

अन्य वित्तीय संस्थामा ऋण लगानी गर्ने भएकोले लघुवित्तको निष्कृय कर्जा शुन्य प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात २५.१६ प्रतिशत, कोषको लागत ९.३७ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक ३६ रुपैयाँ ७८ पैसा र प्रतिशेयर नेटवर्थ ३ सय ११ रुपैयाँ  १० पैसा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved