यस्तो छ गत बर्ष आईपिओ जारी गरेको इन्फिनिटी लघुवित्तको प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 01:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्तको नाफा करिब डेढ सय प्रतिशतले प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ६१ लाख ५ हजार खुद मुनाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४२.४७ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६६ लाख ४२  हजार खुद मुनाफा आर्जन गरेको थियो ।  

प्रथम त्रैमास सम्ममा लघुवित्तले ५५ करोड ८६ लाख ५६ हजार रुपैयाँ सदस्यहरुबाट निक्षेप संकलन गर्दा  ८० करोड ६१ लाख ७३ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यस अवधिमा कम्पनीले  १ अर्ब ६० करोड ९३ लाख ६४ हजार कर्जा लगानी गरेको छ। 

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ३ करोड ६२ लाख ५४ हजार कर्जा लगानी गरेको थियो भने ३२ करोड ५७ लाख ७० हजार निक्षेप संकलन गरेको थियो । 

गत आर्थिक वर्षममा आइपीओ जारी गरी २० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्तले जगेडा कोषमा ८ करोड ६४ लाख ५७ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले ३ करोड ९२ लाख ३९ हजार खुद ब्याज आम्दानी गरेको छ ।

निष्कृय कर्जा १.१३ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात १८.०१ प्रतिशत, कोषको लागत १०.८४ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक ३१ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved