३७ प्रतिशतले बढ्यो लक्ष्मी लघुवित्तको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 09:50:59 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha Limited ले उल्लेख्य मुनाफा वृद्धि सहीतको वित्तीय विवरण सार्वजनीक गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ३ करोड १७ लाख ६८ हजार खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३७ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ३१ लाख २६ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

प्रथम त्रैमास सम्ममा लघुवित्तले सदस्यहरुबाट १ अर्ब ३९ करोड ३२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ५ लाख ४० हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ७८ करोड ८५ लाख ७६ हजार कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ अर्ब ९३ करोड ७ लाख १० हजार कर्जा लगानी गरेको थियो भने १ अर्ब १ करोड ७३ लाख ४५ हजार निक्षेप संकलन गरेको थियो । त्यस्तै १ अर्ब ६८ करोड १ लाख २१ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएके थियो ।

२७ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा २१ करोड ३ लाख १२ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले ८ करोड ९८ लाख ७७ हजार खुद ब्याज आम्दानी गरेको छ । निष्कृय कर्जा १.५२ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात १२.५४ प्रतिशत, कोषको लागत ९.९९ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक ४५ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ७५ रुपैयाँ ५७ पैसा रहेको छ ।

कम्पनीले साधारणसभाबाट पासा हुन् बाँकि रहेको प्रस्तावित बोनस शेयरलाई पनि चुक्ता पूंजीमा गणना गरेको छ  । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा भने प्रस्तावित बोनस भनेर उलेख गरेको र त्यसो गर्न मिल्ने बताउछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved