शत प्रतिशतले बढ्यो स्वदेशी लघुवित्तको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 10:06:17 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्तले शत प्रतिशत भन्दा बढीले नाफा बढाएको छ । लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ९१ लाख ८० हजार खुद मुनाफा आर्जन गरेको हो । अघिल्लो बर्षको सोहि अवधिमा कम्पनीले ८३ लाख ४७ हजार खुद मुनाफा आर्जन गरेको थियो ।  कम्पनीको नाफा १२९.७८ प्रतिशतले बढेको हो ।  

प्रथम त्रैमास सम्ममा लघुवित्तले सदस्यहरुबाट  १ अर्ब १० करोड ८२ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ३७ करोड ३१ लाख ६ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ७० करोड ७७ लाख ३३ हजार कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ अर्ब ४८ करोड ९६ लाख ५३ हजार कर्जा लगानी गरेको थियो भने ७० करोड ८६ लाख ७९ हजार निक्षेप संकलन गरेको थियो । त्यस्तै १ अर्ब ९१ करोड ५४ लाख ५३ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएके थियो ।

२३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा २० करोड ३२ लाख ६१ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले ७ करोड ६० लाख ८७ हजार खुद ब्याज आम्दानी गरेको छ । निष्कृय कर्जा १.७० प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात ११.२० प्रतिशत, कोषको लागत ९.८६ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक ३३ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ३७ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved