गत वर्ष आईपीओ निकालेको आशा लघुवित्तको नाफामा छलाङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 10:29:03 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्षमा आईपीओ निष्कासन गरेको आशा लघुवित्तले उल्लेख्य प्रगति सहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९८ लाख १६ हजार खुद मुनाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६६.६८ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २६ लाख ७७ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

प्रथम त्रैमास सम्ममा लघुवित्तले ५६ करोड ९० लाख ६१ हजार रुपैयाँ सदस्यहरुबाट निक्षेप संकलन गर्दा १ अर्ब २४ करोड ५५ लाख २६ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यस अवधिमा कम्पनीले २ अर्ब ४ करोड ४६ लाख ३४ हजार कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ४० करोड ८५ लाख ८० हजार कर्जा लगानी गरेको थियो भने ३० करोड २ हजार निक्षेप संकलन गरेको थियो । त्यस्तै ९९ करोड ५७ लाख ९४ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको थियो । २३ करोड २२ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा ४ करोड ६४ लाख ३ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले ३ करोड ९२ लाख ८ हजार खुद ब्याज आम्दानी गरेको छ ।

निष्कृय कर्जा २.५४ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात १२.२१ प्रतिशत, कोषको लागत १०.९१ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक १६ रुपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १९ रुपैयाँ ९७ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved