बिजपाटी सम्बाददाता     Nov 03, 2019 | 10:43:43 AM


sunrisebank ruslan

समता लघुवित्त Samata Microfinance Bittiya Sanstha Limited ले  सामान्य प्रगति सहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २८ लाख ३६ हजार खुद मुनाफा आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३६.१५ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

प्रथम त्रैमास सम्ममा लघुवित्तले ५६ करोड ६ लाख ५१ हजार रुपैयाँ सदस्यहरुबाट निक्षेप संकलन गर्दा ८० करोड ३६ लाख ५९ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यस अवधिमा कम्पनीले १ अर्ब ४२ करोड ३३ लाख ९६ हजार कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८२ करोड ७४ लाख २३ हजार कर्जा लगानी गरेको थियो भने ३० करोड ७२ लाख ५४ हजार निक्षेप संकलन गरेको थियो । त्यस्तै ४७ करोड ६० लाख ८२ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको थियो । ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा ८ करोड ३ लाख १८ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले २ करोड ३३ लाख ५१ हजार खुद ब्याज आम्दानी गरेको छ ।

निष्कृय कर्जा २.२२ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात १०.४९ प्रतिशत, कोषको लागत ११.२८ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ८६ रुपैयाँ २१ पैसा रहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7