४० प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, लगानी कति प्रतिफलमुलक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 09:53:25 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७५ करोड ३१ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ४०.५५ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २८ करोड ११ लाख ७३ हजार मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ७.४१ प्रतिशतले वृद्धि गर्दै १ खर्ब २८ अर्ब ९९ करोड २ लाख ३३ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब २० अर्ब ८ करोड ८४ लाख ४० हजार निक्षेप संकलन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ८.७२ प्रसतिशतले वृद्धि गर्दै १ खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ८ अर्ब ९७ करोड ७६ लाख ७ हजार कर्जा लगानी गरेको थियो ।

१० अर्ब ४३ करोड ६५ लाख १५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब १ करोड ३२ लाख २६ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ३०.२९ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७५ करोड ३१ लाख ४१ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात १०.२२ गुणा, पुँजीकोष अनुपात १२.०२ प्रतिशत, खरब कर्जा शुन्य दशमलव ८५ प्रतिशत, आधार ब्याजदर ९.४४ प्रतिशत, कोषको लागत ७.१३ प्रतिशत, सिसिडी रेसियो ७८.३६ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.९९ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved