प्रभु बैंकको नाफा ६२ करोड, खराब कर्जा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 10:35:50 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले चालु आर्थिक बर्षको पहिलो त्रैंसको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले ५.०२ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको हो ।

अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको मुनाफा ५९.८४ करोड रहेकोमा चालु आर्थिक बर्षको सोहि अवधिमा बैंकको नाफा ६२.८४ करोड रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ५.५७ करोड रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप बढेर १.०६ खर्ब पुगेको छ भने कर्जा २.६२ प्रतिशतले बढेर ९१.६८ अर्ब पुगेको छ । बैंकको निक्षेप र कर्जा क्रमश ०.९३ प्रतिशत र ६.८३ प्रतिशतले बढेको हो । बैंकको कुल ब्याज आम्दानी २४.१० प्रतिशतले बढेर १.४० अर्ब पुगेको छ ।

८.८९ अर्ब चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ५.९६ अर्ब रहेको छ ।   बैंकको खराब कर्जा २.५१ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ  ।  बैंकको प्रति शेयर आम्दानी २८.२७, नेट वर्थ १६७.१२, मूल्य आम्दानी अनुपात ९.३७ गुणा, आधार दर ९.२४ प्रतिशत, कोषको लागत ६.१५ प्रतिशत, सिसिडि ७७.८१ र पुंजी पर्याप्तता अनुपात ११.०३ रहेको छ । 

बैंकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ। बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताब गरेको हो। साधारणसभाले पारित गरेपछि लगानीकर्तामा यो लाभांश वितरण हुने छ।

बैंकले मङ्सिर ६ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved