कृषि विकास बैंकले कमायो ६० करोड, लगानी कति प्रतिफलमुलक ?

खुद ब्याज आम्दानीमा गिरावट
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 08:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड ३७ लाख ४३ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ९.४८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५५ करोड १४ लाख ६१ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २६ करोड १७ लाख ९५ हजार मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ३.१६ प्रतिशतले वृद्धि गर्दै १ खर्ब २३ अर्ब ५४ करोड ६७ लाख ८७ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १९ अर्ब ७६ करोड ३४ लाख ५२ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी शुन्य दशमलव ६ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ११ अर्ब ४६ करोड ५७ लाख ३८ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १० अर्ब ७९ करोड ७१ लाख ९० हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब १ करोड ५५ लाख २९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ३७ करोड ६७ लाख ८७ हजार राखेको छ । राष्ट्र बैंकले स्प्रेड रेटमा गरेको कडाइको कारण बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ६६ करोड ५१ लाख ९४ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ८.३४ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ८१ करोड ६६ लाख ५९ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३३ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात १७.९६ गुणा, पुँजीकोष अनुपात २०.७७ प्रतिशत, खराब कर्जा शुन्य ३.७ प्रतिशत, आधार ब्याजदर १०.१८ प्रतिशत, कोषको लागत ७.३४ प्रतिशत, सिसिडी रेसियो ७१.४२ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ५.२६ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved