मन्जुश्री फाइनान्सको नाफामा सामान्य वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 10:20:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ७५ लाख ९३ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा फाइनान्सको नाफा ५.२७ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ करोड ६२ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको थियो । संचालन खर्चमा भएको वृद्धिको कारण खुद ब्याज आम्दानीमा छलाङ मार्दा पनि फइनान्सको नाफामा सामान्य मात्रै वृद्धि भएको हो । यस अवधिमा फाइनान्सकोे वितरणयोग्य मुनाफा भने ५८ लाख २० हजार मात्रै रहेको छ ।

फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ११.३१ प्रतिशतले वृद्धि गर्दै ५ अर्ब २८ करोड ५५ लाख ५ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ४ अर्ब ७४ करोड ८३ लाख २१ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ५.३७ प्रतिशतले वृद्धि गर्दै ५ अर्ब ४४ करोड १ लाख ८८ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ५ अर्ब १६ करोड ३१ लाख ६१ हजार कर्जा लगानी गरेको थियो ।

८० करोड ४० लाख ६० हजार चुक्ता पुँजी रहेको फाइनान्सले जगेडा कोषमा १८ करोड २२ लाख ११ हजार राखेको छ ।  प्रथम त्रैमासमा फाइनान्सले १२ करोड ९८ लाख ८३ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ८७.७६ प्रतिशतले बढी हो । फइनान्सले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ९१ लाख ७६ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो ।

वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७३ पैसा रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ २ सय २८ रुपैयाँ रहेको छ । यस्तै पुँजीकोष अनुपात १५.७२ प्रतिशत, खराब कर्जा ३.९६ प्रतिशत, आधार ब्याजदर ११.४९ प्रतिशत, कोषको लागत ९.३६ प्रतिशत, सिसिडी रेसियो ७५.८ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.७१ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved