१४ प्रतिशतले नाफा बढाएको कुमारी बैंकको अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 11:00:00 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख ८८ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा १४.२७  प्रतिशतले वृद्धि भएको  हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३५ करोड १८ लाख ३ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २५ करोड ४८ लाख ८९ हजार रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ६.९७ प्रतिशतले वृद्धि गर्दै ७८ अर्ब ३० करोड २८ लाख ९८ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७३ अर्ब २० करोड ११ लाख ४३ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ५.७९ प्रतिशतले वृद्धि गर्दै ७७ अर्ब २४ करोड ८४ लाख ७९ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७३ अर्ब १ करोड ७९ लाख १३ हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब ५५ करोड ४१ लाख ३० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब २४ करोड १७ लाख ८० हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले ९१ करोड ८५ लाख ४९ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १२.३३ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ८१ करोड ७६ लाख ९१ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८३ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय २६ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७९.८० प्रतिशत, पुँजीकोष अनुपात ११.५७  प्रतिशत, खराब १.०५ प्रतिशत, आधार ब्याजदर १०.६८ प्रतिशत, कोषको लागत ७.२२ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ३.७५ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved