सेन्चुरी बैंकको मुनाफामा आशालाग्दो प्रगति, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 11:09:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा ३७ करोड ८ लाख खुद मुनाफा आर्जन गरेको छ।

जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ९ करोड ६८ लाखले बढी हो। गत आर्थिक बर्षको यस अवधिमा बैंकले २७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले ३७ करोडले खुद मुनाफा आर्जन गर्दा उसंग वितरणगर्न मिल्ने मुनाफा १८ करोड ७ लाख रुपैयाँ छ। 

यस अवधिमा बैंकले ६१ अर्ब २४ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ७८ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।    

यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अुनपात ८.७४ गुणा रहेको छ। त्यस्तै खराब कर्जा अनुपात २.४७ प्रतिशत तथा पूँजी कोष अनुपात १३.९७ प्रतिशत, कोषको लागत ७.९९ प्रतिशत, आधारदर १०.४५ प्रतिशत र कर्जा निक्षेप अुनपात ७९.२१ प्रतिशत रहेको छ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved