लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको खुद बीमाशुल्क ४४ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 12:33:32 PM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल Life Insurance Corporation Nepal Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको विवरण प्रकाशित गरेको छ। तिन महीनमा कम्पनीले २ करोड ३६ लाख ७८ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो बर्षको पहिलो त्रैमासको तुलनामा मुनापाmमा ५१.५५ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक बर्षको सोहीमुनापाm आर्जन गरेको छ । जुन अघिल्लो बर्षको पहिलो त्रैमासको तुलनामा मुनाफामा ५१.५५ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा इन्स्योरेन्सले ४ करोड ८८ लाख ६८ नाफा आर्जन गरेको थियो।

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने र बीमा कम्पनीले वार्षिक विवरणलाई मात्रै एक्चुअरी भ्यालुएसनको लागि पठाउने हुँदा यो नै इन्स्योरेन्सको वास्तविक मुनाफा भने होइन ।

कम्पनीले प्रमुख सुचक मानिने खुद बीमा शुल्क ४४.४९ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८९ करोड २६ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब १७ करोड ९७ लाख तीन हजार अर्जन गरेको छ । 

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ४२ करोड २२ लाख रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा कम्पनीको जिवन बीमा कोषमा २५.५४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ४६ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको जिवन बीमा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा ५७ अर्ब ८० करोड ४२ लाख रुपैयाँको भएको छ ।

कम्पनीले महाविपत्ति कोषमा २३ करोड ६२ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा ९५ करोड ८१ लाख ५९ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने अभिकर्ता कमीशन बापत ४४ करोड ४५ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । 

कम्पनीको हाल कायम रहेको बीमालेख संख्या ७ लाख ४९ हजार ८ सय ८४ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ७५ पैसा र मुल्य आम्दानी अनुपात ८३७.६७ गुणा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved