अर्ब माथि नाफा कमाएको नविल बैंकको यस्तो देखियो पहीलो त्रैमासको प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2019 | 10:29:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नविल बैंक Nabil Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ६.७६ प्रतिशतले बढीे  हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड २४ लाख ६६ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ७४ करोड २२ लाख ६३ हजार रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ६.१६ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ७२ अर्ब ९९ करोड ४८ लाख ७१ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६२ अर्ब ९५ करोड ४० लाख निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ६.२७ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ३५ अर्ब ४८ करोड ९र्० लाख ३१ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खब २७ अर्ब ५० करोड २ लाख ४३ हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब १ करोड १८ लाख ४५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ५७ करोड ८८ लाख ५४ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले १ अर्ब ९१ करोड ८६ लाख खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ४.०९ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ८४ करोड ३१ लाख ०५ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७४.०९ प्रतिशत, पुँजीकोष अनुपात १२.२ प्रतिशत, खराब शुन्य दशमलव ६५ प्रतिशत, आधार ब्याजदर ७.९४ प्रतिशत, कोषको लागत ६.२ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४५ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved