नाफा घटेको एनसीसी बैंकको खराब कर्जामा उल्लेख्य सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 09:21:24 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited को मुनाफा घटेको छ । बैंकले यस अवधिमा ३४ करोड ३ लाख ४३ हजार खुद मुनाफा आर्जन गरेको हो । जुन गत बर्षको सोहि अवधिको तुलनामा २०. ६२ प्रतिशतले कम हो ।  

बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि संचालन लगातको अन्य खर्चमा भएकोृ वृद्धिको कारण मुनाफामा गिरावट अएको हो । यस अवधिमा बैंकको  वितरणयोग्य मुनाफा भने १० करोड २९ लाख १ हजार रहेको छ ।

यस अवधिमा बैंकको कर्जा लगानी र निक्षेप संकलन असन्तुलित देखिएको छ । कर्जा लगानी बढेको छ भने निक्षेप संकलन घटेको छ । कैंकको  निक्षेप १ अर्ब १ करोडले घटेर ६६ अर्ब २ करोड ३५ लाख कायम हुँदा कर्जा लगानी भने करिब २ अर्ब ७ कर।ोड ४२ लाखले बढाएको छ ।  

८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा २ करोड ७६ लाख ९३ हजार राखेको छ । त्यस्तै शेयर प्रिमीयममा १६ करोड ९८ लाख र संचित मुनाफा १ अर्ब ७२ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेको छ । 

वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७७.८६ प्रतिशत, पुँजीकोष अनुपात १३.२० प्रतिशत. रहेको छ । बैंकले गत वर्षको तुलनामा खराब कर्जामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष ३.६९ प्रतिशत रहेको खराब कर्जा समिक्ष अवधिमा २.८७ प्रतिशत कायम भएको छ ।  बैंकको आधार ब्याजदर १०.७७ प्रतिशत, कोष्को लागत ७.५३ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.०७ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved