११ प्रतिशतले नाफा घटेको एसबिआई बैंकको अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 09:45:31 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited को मुनाफा घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा ११.४७ प्रतिशतले नाफा घटेको बैंकले उक्त अवधिमा ४२ करोड ९७ लाख ७ हजार खुद मुनाफा आर्जन गरेको छ । 

नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदर अन्तर (स्प्रेड रेट) मा कडाइ गरेको  कारण कर्जाको ब्याज घटाउनु पर्दा त्यसको दवाब बैंकको खुद ब्याज परेको देखिन्छ । जसको कारण बैंकको खुद ब्याज आम्दानी २.२९ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको  वितरणयोग्य मुनाफा भने ३१ करोड ९१ लाख ५१ हजार रहेको छ ।

यस अवधिमा बैंकको कर्जा लगानी र निक्षेप संकलन असन्तुलित देखिएको छ । निक्षेप १ अर्ब ७८ करोडले वृद्धि हुँदा बैंकको कर्जा लगानी भने ६ अर्ब ५८ करोड ५८ लाख ले बढाएको छ । 

८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ३ अर्ब ८५ करोड ८० लाख राखेको छ । त्यस्तै शेयर प्रिमीयममा १६ करोड ९८ लाख र लगानीकर्तालाई बाँड्न मिल्ने संचित कोषमा २ अर्ब २३ करोड ४४ लाख रुपैयाँ रहेको छ । 

वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ७० पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७८.५८ प्रतिशत, पुँजीकोष अनुपात १३.६९ प्रतिशत. रहेको छ । कराब कर्जा ०.१७ प्रतिशत रहेको  बैंकको आधार ब्याजदर ९.९४ प्रतिशत, कोषको लागत ७.१७ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१८ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved