एनआईसी एसिया बैंकले कमायो २ अर्ब बढी खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 08:45:12 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको त्रैमासमा एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले २ अर्ब ९० करोड संचालन मुनाफामा कमाएको छ । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा बैंकको संचालन मुनाफा ३६ प्रतिशत अर्थात् ७७ करोडले बढेको हो ।

समिक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब १ करोड रहेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा बैंकको खुद नाफा ३३ प्रतिशत अर्थात् ५० प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।

बैंकले दोस्रो त्रैमाससम्ममा कर्जा  १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप ६ अर्बले वृद्धि गरी  १८६ अर्ब पु¥याएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि भई  ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि भई २५.१७ प्रतिशत पुगेको छ  । 

बैंकले ३१३ शाखा , ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved