अन्य बैंकको नाफा घट्दा लक्ष्मीको २५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 10:57:59 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंक Laxmi Bank Limited को मुनाफा करिब २५ प्रतिशतले वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकले ९० करोड ३० लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड ३७ लाख ९१ हजार मुनाफा आर्जन गरेको बैंकको मुनाफा चालु आर्थिक वर्षको सोहि अवधिमा २४.७६ प्रतिशतले बढेको छ । ।

स्प्रेड रेटका कारण बैंकको मुनाफा घट्ने बताईरहंदा बैंकको मुनाफा भने बढेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड १८ लाख ४४ हजार रहेको छ । बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको मुनाफा पनि बढेकोे हो । गत आर्थिक वर्षका सोहि अवधिको तुलनामा समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.९५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४५ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ७४ करोड ४४ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकले कर्जा लगानी सामान्य बढाउदा पनि खुद ब्याज आम्दानी घटेको छ । स्प्रेड रेटको प्रभाव बैंकको आम्दानीमा परेको देखिन्छ ।

खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको कुल संचालन आम्दानी र संचालन मुनाफा पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७ करोड ८३ लाख संचालन मुनाफा आर्जन गरेको बैकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब २९ करोड ४१ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्त सम्ममा ९ अर्ब ८१ करोड २५ लाख ६० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ३० करोड ४२ लाख ४१ हजार र संचित कोषमा १ अर्ब १ करोड ८३ लाख २० हजार रुपैयाँ राखेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा ८० अर्ब ३२ करोड ४६ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा ८८ अर्ब २३ करोड ८ लाख मात्रै निक्षेप रहेको छ । चालु आर्थिक वर्षको पुष मासन्त सम्ममा बैंकको कर्जा लगानी ८५ अर्ब ५ करोड २६ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ७४ अर्ब ६१ करोड ५९ लाख कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा गत वर्षको दोस्रो त्रैमासमा १.११ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ०.८८ प्रतिशतमा झरेको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७८.३५ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १३.१७ प्रतिशत रहेको बैंकको कोषको लागत ७.२१ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.२३ प्रतिशत र आधार ब्याजदर १०.०९ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ९० पैसा र मुल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved