५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, लगानी कति प्रतिफलमुलक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 09:43:22 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited को मुनाफामा सामान्य वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकले ८२ करोड १८ लाख ५० हजार खुद मुनाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७८ करोड १३ लाख ७८ हजार मुनाफा आर्जन गरेको बैंकको मुनाफा चालु आर्थिक वर्षको सोहि अवधिमा ५.१८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ६३ लाख ५४ हजार रहेको छ ।

संचालन खर्चमा भएको वृद्धिको कारण बैंकको आम्दानीको तुलनामा मुनाफा भने वृद्धि हुन सकेको छैन । बैंकले मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज २९ करोड वृद्धि गरेको छ भने संचालन आम्दानी ४३ करोडले वृद्धि गरेको छ । पुष मसान्त सम्मा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९८ करोड ६९ लाख रहेको छ । जुन गत आर्थिक वर्षका सोहि अवधिको तुलनामा १७.११ प्रतिशतले बढी हो । गत आर्थि वर्षमा बैंकले १ अर्ब ६९ करोड ६६ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

संचालन आम्दानी ४३ करोडले बढाएको बैंकको संचालन मुनाफा भने ९ करोडले मात्रै वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकले १ अर्ब २३ करोड ५३ लाख संचालन मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब १४ करोड ३१ लाख संचालन मुनाफा आर्जन गरेको थियो । पुष मसान्त सम्ममा ८ अर्ब ४५ करोड ८४ लाख ७८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ५ करोड ४९ लाख ६९ हजार राखेको छ ।

यस्तै बैंकको संचित कोषमा ६१ करोड ९ लाख १० हजार छ भने शेयर प्रिमियममा ३ करोड ८ लाख ८१ हजार रहेको छ । गत आर्थिक वर्षको पुष मसान्तमा ८५ अर्ब १९ करोड ८४ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा ९७ अर्ब ५२ करोड ३९ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी ८७ अर्ब ५४ करोड ६६ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ७५ अर्ब ०९ करोड ५८ लाख कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा ०.४४ प्रतिशत रहेको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७८.७२ प्रतिशत, पुँजीकोष अनुपात १३.४८ प्रतिशत रहेको बैंकको कोषको लागत ७.६४ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.२४ प्रतिशत र आधार ब्याजदर १०.२६ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ८८ पैसा र मुल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved