१७६ प्रतिशतले बढ्यो रिलायन्स लाइफको बीमा शुल्क संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 10:03:38 AM मा प्रकाशित

laxmi  sunrise bank

एक वर्षको अवधिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन १७६ प्रतिशतले बढेको छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा कम्पनीले ५७ करोड ७७ लाख ६५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । गत बर्षको सोहि अवधिमा कम्पनीले २० करोड ९३ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । 

 दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ हजार ६३२ बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ हजार ९३९ बीमालेख जारी गरेको थियो । यस अवधिमा कम्पनीले ११ वटा दाबि भुक्तानी वापत ६९ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ ।  गत आवको सोही अवधिमा कम्पनीले ६४ लाख २६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम १० लाख रुपैयाँ रहेको छ । 

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जगेडा कोष १३ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष ७७ करोड ५९ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १५ करोड ५६ लाख ३९ हजार रुपैयाँ रहेको थियो  ।

बीमाङ्कीय मूल्याङ्कन अघिको  कम्पनीको खुद नाफा ४ करोड ६५ लाख ६६ हजार रुपैयाँ रहेको छ । यो नाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा फेरबदल हुन सक्नेछ । कम्पनीले यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत ११ करोड ६५ लाख रुपैयाँ खर्चेको छ । कम्पनीको महाविपत्ती कोष १ करोड ५१ लख रुपैयाँ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved