आम्दानी अनुसार किन बढेन प्रभु बैंकको नाफा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 10:17:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  प्रभु बैंकको मुनाफामा ४.२२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब  ४ करोड १८ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको बैंकले यस वर्षको सोहि अवधिमा १ अर्ब ८ करोड ५७ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ३० लाख ८७ हजार रहेको छ ।

बैंकको संचालन र गैर संचालन खर्च दुबैमा वृद्धि हुँदा आम्दानीको तुलनामा मुनाफामा भने वृद्धि हुन सकेको छैन । बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी १४.१२ प्रतिशत र संचालन आम्दानी १३.२ प्रतिशतले वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड ७२ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब १५ करोड ३१ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको  संचालन आम्दानी ३ अर्ब ६ करोड १७ लाख रहेको छ भने संचालन मुनाफा १ अर्ब ५० करोड ४२ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा १ अर्ब ३३ करोड १८ लाख  रहेको थियो 

पुष मसान्त सम्ममा १० अर्ब ३१ करोड ५५ लाख ०७ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ३ अर्ब ८५ करोड ४९ लाख ३१ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा १ अर्ब ५ करोड ६२ लाख ८८ हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा १ खर्ब १५ अर्ब ५० करोड ४ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब ५ अर्ब ४८ करोड ८५ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी ९४ अर्ब ७१ करोड ६४ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ८५ अर्ब ८२ करोड १२ लाख कर्जा लगानी गरेको थियो ।

बैंकको  खराब कर्जामा  भने वृद्धि भएको छ । गत वर्ष २.४७ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा बढेर ३.१२ प्रतिशत पुगेको छ ।  त्यस्तै बैंकको सिसिडि रेसियो ७४.७० प्रतिशत, पुँजीकोष अनुपात ११.९० प्रतिशत रहेको बैंकको कोषको लागत ६.२९ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.८३ प्रतिशत र आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २२ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६१ पैसा र मुल्य आम्दानी अनुपात १०.८० गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved