ब्याज आम्दानी घट्दा पनि २२ प्रतिशतले बढ्यो कृषि विकास बैंकको मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 10:53:33 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब  ५८ करोड १७ लाख २७ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा २२.८ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १४ करोड ८३ लाख ८७ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा ह्रास आउँदा पनि मुनाफा भने बढेको छ । विभिन्न कमिसन र शुल्कबाट हुने आम्दानी ३४ करोड र गैर संचालन आम्दानी करिब १५ करोडले बढाउँदा बैंकको संचालन आम्दानी संगै मुनाफा पनि बढेको छ । बैंकले गत आर्थिक वर्षमा संम्भावित कर्जा जोखिको लागि ५० करोड माथि छुट्याएकोमा यो वर्ष १७ करोड मात्रै छुट्याएको छ । जसले पनि आम्दानी घट्दा पपनि बैंकको मुनाफा भने बढेको छ । बैंकको संचालन खर्चमा सामान्य वृद्धि भएको छ । 

पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १७ करोड १६ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ४९ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको  संचालन आम्दानी ४ अर्ब २ करोड २० लाख रहेको छ भने संचालन मुनाफा १ अर्ब ९८ करोड ४४ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा १ अर्ब ७० करोड ९५ लाख  रहेको थियो 

नेपाल सरकारको अग्राधिकार शेयर सहित पुष मसान्त सम्ममा १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख ४० हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा ४ अर्ब ४६ करोड २८ लाख ३३ हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा १ खर्ब १८ अर्ब ८८ करोड ४९ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब २७ अर्ब २१ करोड ६७ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी १ खर्ब १५ अर्ब ३६ करोड १० लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब ८ अर्ब ८० करोड ६७ लाख कर्जा लगानी गरेको थियो ।

बैंकले खराब कर्जामा समेत सुधार गरेको छ । गत वर्ष ४.५ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा घटेर ३.९१ प्रतिशत कायम भएको छ ।  त्यस्तै बैंकको सिसिडि रेसियो ७२.१२ प्रतिशत, पुँजीकोष अनुपात २०.३९ प्रतिशत रहेको बैंकको कोषको लागत ७.२ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.२९ प्रतिशत र आधार ब्याजदर १०.१७ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५४ रुपैयाँ १ पैसा र मुल्य आम्दानी अनुपात १२.०१ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved