२८ प्रतिशतले बढ्यो हिमालयन बैकको मुनाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 10:09:49 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैक Himalayan Bank Limited  काे मुनाफामा वृद्धि भएकाे छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७४ करोड ४२ लाख ३५ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा २८.७८ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ९२ करोड ९२ लाख ९० हजार रहेको छ । बैंकको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि हुँदा पनि मुनाफामा भने उल्लेख्य वृद्धि भएकाे छ । बैकले सम्भावित कर्जा जाेखिम बापकाे ब्यवस्था बाट १० कराेड भन्दा माथि राईट ब्याक गर्दा मुनाफमा उलेख्य वृद्धि भएकाे हाे। जसले गर्दा बैककाे खुद आम्दानि सँगै मुनाफा पनि बढेकाे छ । गत वर्षकाे साेहि अवधिमा बैकले सम्भावित कर्जा जाेखिमकाे लागि १८ करोड ६३ लाख छुट्याएकाे थियाे । जसले पनि आम्दानी घट्दा पनि बैंकको मुनाफा भने बढेको छ । बैंकको संचालन खर्चमा भने वृद्धि भएको छ ।

पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड ८१ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ४९ करोड ३४ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको संचालन आम्दानी ३ अर्ब ४८ करोड १२ लाख रहेको छ भने संचालन मुनाफा २ अर्ब ११ करोड ७१ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा १ अर्ब ९५ करोड ४ लाख रहेको थियो।  पुष मसान्त सम्ममा ८ अर्ब ५२ करोड २ लाख ५६ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ६ अर्ब ११ करोड ६० लाख ४१ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा ३ अर्ब १० करोड २७ लाख ३७ हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा १ खर्ब ९ अर्ब ३८ करोड ७० लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब १२ अर्ब ७२ करोड ९१ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी ९७ अर्ब ७२ करोड ५ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ९२ अर्ब ६९ करोड ७३ लाख कर्जा लगानी गरेको थियो ।

बैंकले खराब कर्जामा सामान्य वृद्धि भएकाे छ । गत वर्ष १.२५ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा वृद्धि भएर १.२८ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७३.९४ प्रतिशत, पुँजीकोष अनुपात १४.७३ प्रतिशत रहेको बैंकको कोषको लागत ६.३४ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.३२ प्रतिशत र आधार ब्याजदर ८.९२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी ४० रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ २ सय ८ रुपैयाँ २० पैसा र मुल्य आम्दानी अनुपात १३.७४ गुणा रहेको छ । बैकले गत आर्थिक वर्षकाे मुनाफाबाट लाभांश घाेषणा गरेपनि वितरण गर्न बाँकि रहेकाेले नेटवर्थ र प्रतिशेयर आम्दानि बढि देखिएकाे छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved