१० अर्ब माथि पुग्यो प्राइम लाइफको जीवन बीमा कोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 04:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष १० अर्ब  पुगेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोष १० अर्ब १३ करोड ५४ लाख ३८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको बीमा कोषमा सात अर्ब ६९ करोड ९७ लाख ३५ हजार रहेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले एक अर्ब ५८ करोड १० लाख ५५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । 

यस अवधिसम्ममा कम्पनीले ३० करोड ३७ लाख २१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले १६ हजार ८१ दावी वापत उक्त रकम भुक्तानी गरेको हो । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम कुल १ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको भुक्तानी हुन बाँकी दावी संख्या ४६ रहेको छ । 

२ अर्ब ७९ लाख चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।  बीमाङ्कीय मूल्याङ्कन अघिको  कम्पनीको खुद नाफा १५ करोड ६० लाख रुपैयाँ रहेको छ । बीमाङ्कीय मूल्याङ्कन पछि भने कम्पनीको यो नाफा फेरबदल हुन सक्ने छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ५लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिशनका लागि १६ करोड ५७ लाख ३४ हजार रुपैयाँ खर्चेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved