१० प्रतिशतले बढ्यो मुक्तिनाथ विकास बैकको नाफा, लगानी कति प्रतिफलमुलक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 09:48:20 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैक Muktinath Bikas Bank Limited ले चालू आर्थिक वर्षकाे दाेस्राे त्रैमास सम्ममा ४७ कराेड २५ लाख १२ हजार खुद मुनाफा आर्जन गरेकाे छ । जुन गत आर्थिक वर्षकाे साेहि अवधिकाे भन्दा ९.९४ प्रतिशतले बढि हाे । गत आर्थिक वर्षकाे साेहि अवधिमा बैकले ४२ कराेड ९८ लाख ९ हजार खुद मुनाफा आर्जन गरेकाे थियाे । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ३४ करोड ३० लाख १४ हजार रहेकाे छ।

बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुँदा संचालन मुनाफा सँगै खुद मुनाफा पनि बढेकाे छ । पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९ करोड ८७ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले ९१ करोड ९१ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको संचालन आम्दानी १ अर्ब ३२ करोड ९४ लाख रहेको छ भने संचालन मुनाफा ६७ करोड ४९ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा ६२ करोड १४ लाख रहेको थियो। 

पुष मसान्त सम्ममा ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ७९ करोड ९८ लाख १ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा ३६ करोड ७३ लाख र शेयर प्रिमियमा ६ कराेड ४० लाख १२ हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा ४१ अर्ब ४७ करोड ७ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा ४८अर्ब २३ करोड ८७ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी ४५ अर्ब २० करोड ३३ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ३८ अर्ब १४ करोड ४३ लाख कर्जा लगानी गरेको थियो ।

बैंकले खराब कर्जामा सामान्य वृद्धि भएकाे छ। गत वर्ष ०.०५ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा बढेर ०.११ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७७.९३ प्रतिशत, पुँजीकोष अनुपात १४.१५ प्रतिशत रहेको बैंकको कोषको लागत ८.६१ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.६६ प्रतिशत र आधार ब्याजदर ११.१८ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २२रुपैयाँ १३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ ४७ पैसा र मुल्य आम्दानी अनुपात १३.९२ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved